• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विमानस्थललाई जग्गा अपुग, थप जग्गा अधिग्रहण गर्ने

  •      /२५ श्रावण २०७५, शुक्रबार ०४:५७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासीन्दा आन्दोलीत भएका छन् ।

    पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सुचना वडामा पठाएपछि स्थानीयहरु आन्दोलीत भएका हुन् ।आयोजनाले विमानस्थल निमार्णका लागि थप जग्गा आवश्यक परेको भन्दै अधिकरण गर्न लागेको जनाएको छ ।

    आयोजनाले थप ४ सय रोपनी भन्दा बढि जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्रपठाएको छ । अधिकरण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढि घरहरु रहेका छन् ।

    स्थानीले पटक पटक जग्गा अधिकरण गर्दा मानिसहरुको उठिबास भएको बताएका छन् । स्थानीय संर्घष समितिका संयोजक गनेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक पटक उठाएर उठिबास बताएको बताए ।

    उनले एउटै व्यक्ति आयोजनाले गर्दा चारपटक सम्म सर्नु पर्ने अवस्था आएको बताए । आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाईडपथ निमार्णका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । विमानस्थललाई आवश्यक जग्गा आयोजनाले अधिकरण गर्ने पौडेलले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.