शुभेच्छा न्यूज पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जयन्द्र कुँवर पोखरामा मृत फेलापरेका छन् ।
कुँवर आज बिहान फेवातालमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको शव पोखरा ६ केदारेश्वर मन्दिर नजिक फेवातालमा भेटिएको हो ।
करिब ४० वर्ष उमेरका डा. जयन्द्र कुँवर भन्ने व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकोे छ।
मृतक कुँवरको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठन (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ । प्रहरीले मृत्युका वारेमा आवस्यक अनुसन्धान भइरहेको जनाएको छ।
शुभेच्छा न्यूज
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जयन्द्र कुँवर पोखरामा मृत फेलापरेका छन् ।
कुँवर आज बिहान फेवातालमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको शव पोखरा ६ केदारेश्वर मन्दिर नजिक फेवातालमा भेटिएको हो ।
करिब ४० वर्ष उमेरका डा. जयन्द्र कुँवर भन्ने व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकोे छ।
मृतक कुँवरको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठन (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ । प्रहरीले मृत्युका वारेमा आवस्यक अनुसन्धान भइरहेको जनाएको छ।
तस्विर लक्ष्मि प्रसााद अधिकारीको फेसबुकबाट
Related