• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

को हुन आइपिएलमा अनुबन्धित सन्दीप ?

  •      /१४ माघ २०७४, आईतवार ११:२४ ,  प्रकाशीत
  •  काठमाडौं । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ । आइपिएलको बोल कवोलको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।

    को हुन सन्दीप लामिछाने ?
    दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेन वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएलमा ‘इन्ट्री’ ।

    बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग लगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो । सन्दीप आईपिएलको अक्सनमा परेर नेपाली खेलाडीहरुमा इतिहास बनाइसकेका थिए, झन् अनुबन्धित नै भएपछि त नेपालमा क्रिकेट प्रेमीहरु हर्षविभोर छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दाशानायकेले १४ वर्षको उमेरमै चितवनबाट ‘टपक्क टिपेर’ ल्याएका सन्दीपले त्यसयता उमेरसमूहको क्रिकेटमा मात्र होइन राष्ट्रिय टिमबाट र घरेलु क्रिकेटमा समेत आफूलाई अब्बल प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

    नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए । भारतीय रेल्वेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दिपले ब्याट र बल समाउन उतै सिकेका थिए । अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.