• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आर्मीलाई हराउदै धरान आहा राराको सेमिफाइनलमा

  •      /१४ माघ २०७४, आईतवार १२:४३ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनल प्रबेशगरेको छ। आहा राराको तीन पटकको उपविजेता नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनलमा प्रबेश गरेको हो ।
    जित सगै धरान क्लव फाइनल प्रबेशका लागि एपिएफ र थ्रीस्टारको विजेता सगँ खेल्ने छ । निर्धारीत समय र थप समयमा दुबै टिमबाट एक÷एक गोल भए पछि खेल ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भएको हो । यस सिजनको तीन वटा उपाधी जिति सकेको आर्मी आहा रारामा भने पहिलो खेलबाटै बाहिरीएको हो।
    आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिए पछि आर्मी ट्राइब्रेकरको सिकार भयो । खेलको १८ औ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीका खाता खोलेका थिए । एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलाई दिएको बललाई भरतले गोल गरेका थिए ।
    धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफदि म्याच बन्न सफल निशान लिम्बुले गोल गरेका थिए । ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे । त्यसै गरि आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे । सोमबारको खेल नेपाल पुलिस क्लब र थ्री स्टार विच खेल हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.