सेल्फी लिँदालिँदै हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु
/२९ श्रावण २०७५, मंगलवार १४:३६ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा ।हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।
हिल्सामा मंगलबार मनाङ एयरको हेलिकोप्टरकाे पंखाले लागेर भारत मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हुम्लाका सहायक सिडियो महेशकुमार पोखरेलले जानकारी दिए।
कार्तिक धार्मिक तीर्थस्थल मानसरोबरका जानका लागि हिडेका थिए। हेलिकोप्टरबाट अाेर्लिनासाथ सेल्फी फोटो खिच्न लागेका बेला कार्तिकलाई हेलिकोप्टरको पछाडि पट्टीको पंखाले लागेको सहायक सिडियो पोखरेलले बताए। पंखाले लागेर कार्तिकको घटनास्थलमै मृत्यु भएको उनले बताए।
हुम्ला प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक खडक मल्लको नेतृत्व प्रहरीको टोली मुचुल्काका लागि घटनास्थल पुगेको छ।
शुभेच्छा न्यूज
पोखरा ।हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।

Related