पोखरा उद्योग बाणज्यि संघको चुनाबी सगर्मी बढ्यो असोज पहिलो साता चुनाव हुने
/२९ श्रावण २०७५, मंगलवार १५:०४ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । निजीक्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ ।
संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतमा मंगलबार बसेको बैठकले असोज ५ र ६ गते ३२ आैं महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अगाडि संघको पदाधिकारी बैठकले चुनावका लागि उक्त मिति सिफारिस गरेको थियोे ।
संघको निर्वाचन मिति घोषणा भएसँगै आकांक्षीहरूले चुनावी अभियानलाई अगाडि बढाउने बाटो खुलेको छ । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यक्रमको लागि पूर्व कार्यसमिति सदस्य तीर्थ श्रेष्ठलाई निर्वाचन उपसमिति संयोजक चयन गरिएको महासचिव दामु अधिकारीले जानकारी दिए ।
निर्वाचन उपसमितिका बाँकी सदस्य संयोजकबाट नै मनोनयन गरिनेछ भने निर्वाचन समितिले नै निर्वाचनका थप कार्यक्रमहरु तय गर्नेछ ।
गत महाधिवेशनमा जस्तै यसपटक पनि संशोधित विधानअनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
विगतमा अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१औं महाविधेशनबाट सबै पदमा खुला प्रतिस्पर्धा शुरू भएको हो ।
वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।
२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ ।
१ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

Related