बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्।
निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो।
घर पुरिएपछि उनकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे पहिरो खसेर उनीहरू पुरिएका थिए।
पहिरो खसेर पुरिएको थाहा पाएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको सहयोगले मृतकको शव निकालिएको थियो। पहिरोमा शाहीका पाँच वर्षका नाति विनोद शाहीको भने सकुशल उद्धार गरिएको छ।
दुई छोरा भारतमा रोजगारी गरेका शाहीकी जेठी बुहारी र श्रीमतीको मृत्यु भएको हो। दिनभरको खोजी र उद्धारपछि शव निकालिएको हो। लगातार पानी परेकाले बिहान शव उत्खनन् गर्नसमेत गाह्रो भएको र पानी रोकिएपछि मात्र सहज भएको स्थानीयले बताए।

Related