मनकामना मन्दिर पुनर्निर्माण अन्तिम चरणमा : तीन किलो सुन अभाव
/३१ श्रावण २०७५, बिहीबार ०५:३५ , प्रकाशीत
गाेरखा /मनकामना मन्दिरलाई तीन किलो सुन अभाव भएकाे छ । २०७२ सालकाे विनाशकारी भुकम्पका कारण क्षति भएकाे मन्दिर पुर्ननिर्माण गर्दा सुन अभाव भएकाे हाे ।
छानामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए ।
२०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिरको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अझै केही काम बाँकी रहेकाले सुन अपुग देखिएको हो ।
‘नागोल, मुलद्वार, गारोको पेटी, मन्दिरको भित्री भागमा रहेको अष्टमातृका मुर्तीमा सुनको जलप लगाउने काम बाँकी छ त्यसका लागि सुन अपुग भएको हो’ मन्दिरका पुजारी इन्सान बहादुर थापामगरले भने ।

Related