• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१६५ वर्षपछि मुलुकी ऐन विस्थापित, आजबाट नयाँ कानुनी युग सुरु

  •      /१ भाद्र २०७५, शुक्रबार ०३:३८ ,  प्रकाशीत
  • काठमाडौं । आजबाट नयाँ कानुनी युगको सुरु भएको छ । १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै नयाँ कानुनी युगको सुरु भएको हो ।

    नयाँ संहिता लागु भएको खुसीयालीमा शुक्रबार मुलुकभरका सरकारी वकिल कार्यालयमा दीपावली गर्न सर्कुलर जारी गरिएको छ ।

    व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट अघिल्लो वर्ष प्रमाणीकरण भए पनि भदौ १ देखि लागू हुने भनिएको थियो । अन्तर्राष्ट्रिय अनुभव, विधिशास्त्रीय मान्यता र सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिरलाई आत्मसात् गर्दै एकीकृत संहिताका रूपमा यी कानुन बनेका थिए ।

    मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी फौजदारी कार्यविविधि संहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता र मुलुकी देवानी कार्यविधि संहिता भदौं १ गतेदेखि एकैसाथ लागु भएको हो ।

    संहिता निर्माणका लागि झन्डै एक सय कानुनमा परिवर्तन भएका छन् । संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन् । तत्कालीन प्रधानमन्त्री जंबहादुर राणाले सुरुमा विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन बनाएका थिए ।

    सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत् मस्यौदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६८ सालमै बुझाइएको थियो । मस्यौदा बनेको सात वर्षपछि कार्यान्वयनमा आएको हो ।

    यता, कानुन भदौ १ देखि लागू हुने भएपछि पहिलो दिन देशव्यापी दिपावलीको तयारी सरकारले गरेको छ । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकील कार्यालय, १८ वटा उच्च सरकारी वकील कार्यालय, काठमाडौंस्थित विशेष सरकारी वकील कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिपावली गरिने छ ।

    महान्यायाधिवक्ताको कार्यालयका अनुसार शुक्रबार देशभर सरोकारवालाबीच संहिताका मुख्य विशेषताबारे अन्तरिक्रिया कार्यक्रमसमेत गर्न निर्देशन दिइएको छ ।

    अन्तरक्रियामा जिल्लास्थित कार्यालयका प्रमुखहरू, जिल्ला न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल बार एसोसीयसनका प्रतिनिधि, कानून व्यवसायी, अन्य सरोकारवाला र पत्रकारसमेतको सहभागितामा कार्यक्रम गर्न पत्राचार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.