पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ रुपैयाँ वृद्धि
तपाईको प्रतिक्रिया





काठमाडौं । नेपाल आयल निगमले आइतवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर एक, डिजेल र मट्टितेल २ र हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११, डिजेल र मट्टितेल ९५ र हवाई इन्धनको १ सय ४ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने गयासको मूल्य भने यथावत राखिएको निगमले बताएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको निगमका प्रवक्ता विरेन्द्र गोईतले बताएका छन् ।
नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६५ पैसा नाफा, डिजेलमा ७० पैसा घाटा र मट्टितेलमा ७० पैसा नाफा रहेको छ । खाना पकाउने ग्यासमा निगमले प्रति सिलिण्डर २ सय ८० रुपैयाँ ६४ पैसा घाटा रहेको बताएको छ ।
Related