तरकारी तथा फलपुल बजाराको अनुगमन गर्न कालिमाटी पुगेको सरकारी टोलीलाई नियमन्त्रणमा लिने ब्यबसायी माथि सरकारले लियो एक्सन अध्यक्ष सहितका पधाधिकारी गिरफ्तार
तपाईको प्रतिक्रिया





काठमाडौं/ राति नै अनुगमनमा निस्किएको सरकारी टोलीलाई करिव चार पाँच घण्टासम्म थुनेर राख्ने काठमाडौंको कालिमाटीस्थित तरकारी व्यवसायीका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हो ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। आज बिहानै करिव तीन बजेतिर अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थिए।
कालिमाटीमा करिब एक दर्जनको संख्यामा रहेका उपसचिवसहितको अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले बजारभित्रै थुनेर राखेका थिए।
सरकारी टोलीलाई नियन्त्रणमा लिने अन्य व्यक्तिको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए । सोमवार विहान आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गएको टोलीलाई तरकारी व्यापारीले नियन्त्रणमा लिएका थिए।
तरकारी बजारको अनुगमन गर्ने क्रममा सरकारी टोलीले दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि पुगेको थियो । टोलीलाई प्रहरीले ‘स्कर्टिङ’ गरेर बजारबाट बाहिर निकालेको थियो ।
अनुगमन टोलीलाई व्यवसायीले नियन्त्रणमा लिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालिमाटी पुगेका थिए । मन्त्रीसँग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिन पुगेका छन् ।
jantatimes
Related