• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिलालाई आत्मनिर्भर बन्नुपर्छ उपप्रमुख गुरुङ

  •      /४ भाद्र २०७५, सोमबार १४:२३ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरभित्र रहेका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएकी छन् ।

    पोखरा महानगरपालिका वडा नम्वर १९ले संचालन गरेको महिलालाई तानबाट झोला बुन्न तालिमको सोमबार अनुगमन गदै महागनरले चालुआर्थिक वर्षमा ५० महिला ५ सय उद्यमी महिला कार्यक्रम संचालन गर्ने तयारी गरेको गुरुङले जानकारी दिइन् ।

    महिलाहरुलाई उद्यमशीलताको पाटोसंग जोडदै आत्मनिर्भर बनाउने योजना महानगरको रहेको छ उनले भन्निन–‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा हेपिएका छन्, त्यसैले अव महिला स्वरोजगार बन्नुपर्छ ।’

    महिलाकै लागी भनेर उनले यस वर्षबाट उपप्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने तयारी भैरहेको बताइन् । ‘महिलालाई लक्षित गरेर उपप्रमुखसंग महिला कार्यक्रम ल्याएका छौ ।’ उक्त कार्यक्रमबाट महिलालाई उद्यमी बनाउन विना धितो ऋण दिने, उद्योग संचालन गर्ने र सिप सिकाउने लगायतका कार्यक्रममा खर्च गरिने बताइन् ।

    उनले उपप्रमखसंग महिला कार्यक्रम विशेष गरि मलिालाई लक्षित गरेर ल्याएको बताउदै उद्यमशीलता, तालिम, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने बताइन् ।

    उपप्रमुखको कार्यक्रमका लागी २ करोड रुपैयाँ विनियोजना गरिएको उनले बताइन । ब्यवसायीक रुपमा झोला बुन्न आग्रह गदै आवश्यक सवै सहयोग महानगरले गर्ने बताइन् ।

    उनले झोलाको बजारीकरणको लागी महानगरले जिम्मामा लिने समेत बताइन् । ‘ब्यवसायीक रुपमा अगाडी बढे उत्पादित झोलाको बजारीकरण, सामाग्री, आर्थिक लगायत सवै सहयोग गर्नेछ ।’

    वडा नम्वर १९ का अध्यक्ष शोभा मोहन पौडेलले झोला बुन्ने तालिममा सहभागीहरुको मेहनतबाट आफु उत्साहित भएको बताउदै यस ब्यवसायीक रुपमा अगाडी बढाइने बताए ।

    सुकुम्वासी वस्ती भन्दा मानिसहरु नकरात्मक सोच राख्थे तर यहाँका महिलाहरुले सिक्ने क्रममा बनाएका झोला उत्कृष्ट भएको बताउदै ती झोलालाई अझै कलात्मकता दिएर बजारीकरणको ब्यवस्था मिलाउने बताए ।

    जेठ ७ बाट सुरु भएको तालिम भदौ ७ गते समापन हुदैछ । तालिममा १६ जना महिलाले विहान १० देखि साँझ ४ बजेसम्म झोला बन्न सिकिरहेका छन् ।

    महानगरले प्रत्येकलाई एक÷एक वटा तान सहित झोला बन्न आवश्यक सवै सामाग्री उपलब्ध गराएको छ भने सिक्न आउने सवैलाई खाजाको ब्यवस्था समेत गरेको छ ।

    कार्यक्रमका संयोजक एवं महानगरपालिका वडा नम्वर १९ का सदस्य कोपिला के.सीले तालिम संचालनका लागी आग्रह गरेको र उहाँहरुले सिप सिकेर ब्यवसायीक रुपमा गर्ने प्रतिबद्धता जनाएपछि तालिम संचालन गरिएको बताइन् ।

    ‘ सुरुमा २६ जनाले तालिम लिने बताउनुभयो तर कोही वीचमा कहिले आउने र कहीले नआउने गरेपछि हामीले निरन्तर आउनेलाई मात्रै छनोट गरेर तालिम संचालन गरेका छौ ।’ प्रशिक्षक सरिता गुरुङले झोला बुन्ने तालिम दिदै आएकी छन् ।

    तस्विर पनि छ । पोखरा महानगरपालिका १९ ले सञ्चालन गरेको झोला बुन्ने तालिमको अनुगमन गर्ने क्रममा आफै झोला बुन्दै उपप्रमुख मञ्जुदेवी गुरुङ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.