• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नौविसे-नागढुङगा सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्यो,४ बर्ष भित्र संञ्चालनमा आउने

  •      /५ भाद्र २०७५, मंगलवार ०९:४४ ,  प्रकाशीत
  • काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढेको छ। सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि ग्लोवल टेण्डर निकालिसकेको छ।

    महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार, ६० दिनभित्र कम्पनीहरुले दिएको आवेदनको मूल्याङ्कन गरेर प्रारम्भीक सूची तयार पारिनेछ।

    त्यसपछि आर्थिक तथा प्राविधिक प्रस्ताव खोलिने छ। उच्चतम प्रविधि र न्युनतम लागत प्रस्ताव गर्ने कम्पनले टेण्डर पाउने छ।

    श्रेष्ठका अनुसार यो सबै प्रक्रिया सक्नका लागि चार महिनाको समय लाग्ने छ। जनवरीबाट उत्कृष्ट कम्पनीलार्इ ठेक्का दिएर मोबिलाइज गरी कन्स्ट्रक्सनको काम नै थाल्ने योजना रहेको छ। गत साउन २३ गते आयोजनाले ग्लोबल टेण्डर आव्हान गरेको थियो।

    अहिलेसम्म मुआब्जाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिसकेको छ। यो आर्थिक वर्षभित्रमा ९० करोड वितरण गरेर मुआब्जाको विषय टुङग्याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए।

    आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ। मुआब्जा लिन आउनका लागि  सार्वजनिक सुचना निकालेर अहिले वितरण भइरहेको छ। जाइकाको आर्थिक र प्राविधिक सहयोगमा जापानको निप्पन इन्जिनयरिङले डिपिआर निर्माण गरेको हो।

    उक्त डिपिआरको अध्ययन गरेर जापान सरकारले ‘नो अब्जेक्सन’ लेटर दिएपछि टेण्डर प्रक्रियामा गएको महाशाखाले जनाएको छ।

    नागढुङ्गा-नौविसे सडकखण्ड अन्तर्गत नेपाल आयल निगमको मुख्य डिपो थानकोट नजिकैको बस्नेतछापदेखि सिस्नेखोलासम्म २.७ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ। महाशाखाका अनुसार सुरुङमार्ग ९.५ मिटर चौडार्इमा तीन लेनको हुनेछ।

    दुर्इवटा लेन ३.५/३.५ मिटरको हुनेछ भने एउटा बीचको लेन साढे दुर्इ मिटरको हुनेछ। सवारीसाधन विग्रिए वा त्यसमा कुनै समस्या आएमा साइड लगाउन वा बाहिरसम्म निकाल्नका लागि यो लेनको प्रयोग गरिन्छ।

    त्यसैगरी सुरुङमार्ग भित्रबाट एउटा अर्को इस्केप्ट टनेल निर्माण हुने छ, त्यहाँ दुर्घटना भए बाहिर निस्कनका लागि प्रयोग गरिन्छ। यसले दुर्घटनाबाट हुने मानवीय क्षति न्युनीकरणका सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। कूल लागतमध्ये १६ अर्ब रुपैयाँ जापानिज सरकारको सहुलियत ऋण र छ अर्ब रुपैयाँ नेपाल सरकारको हुनेछ।

    सन् २०२२ भित्रमा नेपालकै पहिलो सुरुङमार्ग निर्माण सकेर गाडी कुदाउने लक्ष्य लिइएको छ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.