ट्रामाडोल नामक औषधि चिकित्सकको सिफारिश विना बिक्री गर्न नपाइने
/७ भाद्र २०७५, बिहीबार १२:३९ , प्रकाशीत
काठमाडौँ : औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिश विना बिक्री वितरण नगर्न रोक लगाएको छ।
सो औषधि दुखाइ कम गर्न प्रयोग हुने गर्छ। केही मुलुकमा बिक्री वितरणमा रोक लगाइएको सो औषधि नेपालमा प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिश विना बिक्रीवितरणमा रोक लगाउन लागेको हो।
औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ।

Related