गैरकानुनी रुपमा ढुंगा निकाल्ने जेसिबी र ट्रिपरलाई २ लाख २० हजार जरिवाना
/७ भाद्र २०७५, बिहीबार १४:०९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । प्राकृतिक सम्पत्तीको दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जेसिबी र ट्रिपरलाई पोखरा महानगरपालिकाले जरिवाना तिराएर छाडेको छ।
पोखराको हेमजास्थित सेतीनदीको किनारबाट अवैध रुपमा ढुंगा उत्खनन् गरी रहेको अवस्थामा बुधवार वडाप्रहरी कार्यलय कास्कीले पक्राउगरी महानगरलाई बुझाएका जेसिबी र ट्रिपरलाई जरिवाना तिराएको हो।
कानुन बिपरित ढुंगा उत्खनन् गर्ने १२ ट्रिपर र २ जेसिबीलाई महानगरले २ लाख २० हजार जरिवाना गरेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार ट्रिपरलाई १०÷१० हजार र जेसिबीलाई ५०÷५० हजार जरिवाना गरिएको हो।
कानुनको धज्जी उडाउदै प्राकृतिक सम्पत्तिको दोहन गर्ने ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६, ग १ ख ५७५१, ग १ ख ६६०९, ग १ ख ३९६४, ग १ ख ७३२० र ग १ क ३४३२ नम्बरका ट्रिपर कारबाहीमा परेका हुन् ।

Related