गोरखा / गोरखामा न्वारान गरेकै राति एक बालिका बेपत्ता भएकी छिन्। गोरखाको सिरानचोक गाउँपालिका– २ खमारीमा बिहीबार न्वारान गरिएकी सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी अोछ्यानबाटै हराएकी हुन्।
राति १ बजे आमा शाैच गर्न गएका बेला बालिका हराएको परिवारले जानकारी दिएको वडाअध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए। ‘बच्चा हजुरआमासँग सुतेकी थिइन् रे!’ गुरुङले भने ‘आमा शौच गरी फर्किँदा बच्चा रहेनछ।’ ओच्छ्यानमा बच्चा नदेखेपछि सबल र रश्मीका परिवारले गाउँलेलाई खबर गरेका थिए।
अहिले खमारीमा प्रहरीको टोलीले बालिकाको खाेजी तीव्र पारेको छ। गत हप्ता शनिबार पनि सोही गाउँबाट विष्णु बरामको २ वर्षीय छोरा सन्देश हराएका थिए तर पछि उनी फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिए।
शुभेच्छा न्यूज

daraudi
pic google
Related