निर्मला पन्त हत्या प्रकरण: अनुशन्धानको लागि दिदीबहिनी पक्राउ
/९ भाद्र २०७५, शनिबार ०९:४९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा /कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एउटै घरका दिदीबहिनीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले भीमदत्त नगरपालिका(१८ की १४ वर्षीया रोशनी बम र उनकी दिदी १९ वर्षकी बबिता बमलाई पक्राउ गरेको छ।
साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको रोशनीको घरमा गृहकार्य गर्न र नोटबुक लिनका लागि गएकी थिइन्। त्यसपछि उक्त दिन निर्मला घर फर्किएकी थिइन्।
प्रहरीले निर्मलाको बलात्कारपछि भएको हत्याबारे सोधपुछका लागि रोशनी र बबितालाई पक्राउ गरेको जनाएको छ। स्रोतका अनुसार एसपी डिल्लिराज बिष्टका छोरा र मेयर सुरेन्द्र बिष्टका भतिजालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

Related