कास्की व्याडमिन्टन संघलाई हङकङ नेपाल ब्याडमिन्टन एशोसियशनद्धारा संकलित १६ लाख प्रदान
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा।कास्की जिल्ला व्याडमिनटन संघको पहलमा रंगशाला भित्र निर्माण भइरहेको अन्तिर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कभर्डहलका लागि हङकङ बाट १६ लाख ३३ हजार ९ सय ९२ रुपैंयाँ प्राप्त भएको छ ।
“१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५”को अवसरमा सो रकम हङकङ नेपाल ब्याडमिन्टन एशोसियशनका सदस्य दुर्गा बहादुर गुरुङले अध्यक्ष डम्वर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम हङकङ नेपाल ब्याडमिन्टन एशोसियशनको पहलमा संकलन गरिएको हो । कास्की जिल्ला व्याडमिन्टन संघले करिब ३ करोड ५० लाख लागतमा अन्तिर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कभर्डहल निर्माण गरिदैं छ ।
Related