कालाबाङ घरेडी होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण
/१२ भाद्र २०७५, मंगलवार १५:२६ , प्रकाशीत
पोखरा । एशियन फोरमको सहयोगमा २०७१ सालबाट शुरु गरिएको कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई सवै ब्यस्थापन गर्नेगरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले एक कार्यक्रमका वीच सो होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरेका हुन् ।
१८ घरमा सञ्चालित होमस्टे यसबर्ष ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेको अवार्ड पाउन सफल भएको थियो । पर्यटन मन्त्री लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका तर्फबाट कालाबाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा नगद १० लाख सहयोगको घोषणा समेत गरे । गुरुङ, ब्राह्मण र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाई थियो ।
एशियन फोरम नेपालका अध्यक्ष निरज थापाले पोखरा शहरदेखि १३ किलो मिटर मात्रै टाढा रहेको कालावाङ घरेडी सबै हिसावले होमस्टे सञ्चालनका लागि उत्कृष्ट रहेको र आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे ।

Related