• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एसियाड : प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक रजत

  •      /१३ भाद्र २०७५, बुधबार १०:४० ,  प्रकाशीत
  • काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको खडेरी तोडीसँगै पदक तालिमा समावेश भएको छ।

    नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा बुधबार ऐतिहासिक रजत पदक जित्दै पदकको खडेरी तोडेको हो इन्डोनेसियामा नेपालको यो पहिलो पदक हो र यससँगै नेपाल पदक तालिकामा ३२औँ स्थानमा रहेको छ।

    पुरुष क्रस कन्ट्रीमा नेपाल स्वर्ण जित्नबाट २७ अंकले मात्र पछि पर्‍यो। स्वर्ण जितेको जापानले ११ हजार ३९१ अंक जोड्यो।

    विमल अधिकारी, विजय गौतम, योकेश गुरुङ, सुशील गुरुङ र विशाल थापसहितको नेपाली टोलीले ११ हजार ३६४ अंक जोडेको थियो।

    नेपालले २० वर्षपछि एसियाडमा रजत पदक जितेको हो। सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको लागि एसियाडमा पहिलो रजत जितेकी थिइन। प्याराग्लाइडिङमा रजत जितपछि एसियाडमा नेपालको पदक संख्या २४ पुगेको छ। एसियाडमा नेपालको लागि पदक जित्ने प्याराग्लाइडिङ चौथो खेल हो।

    १८औँ एसियाडमा रजत पदक जित्नेहरुमध्ये नेपाल लाओस र तुर्किमिनेस्तानभन्दा मात्र पछि छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.