पोखराको मालेपाटनमा भएको सवारी दुर्घटनामा एक प्रहरीको मृत्यु,एक घाएते
/१५ भाद्र २०७५, शुक्रबार ०६:३४ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखराको मालेपाटनमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बिहिवार राती साढे ११ बजे बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको मोटरसाईकललाई पछाडीबाट नम्वर नखुलेको कारले ठक्कर दिदा प्रहरी जवान रामप्रसाद पौडेलको ज्यान गएको हो।
प्रहरी जवान द्धय अनिल गुरुङ र पौडेल सवार मोटरसाईकललाई एक्कासी एक सवारीले पछाडिबाट ठक्कर दिदा पौडेलको उपचारको क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।
उनका अनुसार मोटर साइकललाई ठक्कर दिने सवारीको पहिचान हुन सकेको छैन् । ‘ पछाडिबाट ठक्कर दिएर सवारी साधन भागेको छ ’ उनले भने, ‘ठक्कर दिने सवारीको खोजीलाई तिव्र पारेका छौं।’
घाइते भएका प्रहरी जवान गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै प्रहरी पश्चिम सशस्त्र प्रहरी गणमा कार्यरत थिए ।

Related