फलेवासका मेयर शर्मा नगरपालिका संघको केन्द्रिय सदस्य निर्वाचित
/१६ भाद्र २०७५, शनिबार ०९:०८ , प्रकाशीत
पर्वत/ काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनबाट फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन ।
यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनबाट मुलुककै कान्छा मेयरको रुपमा चर्चामा आएका शर्मा केन्द्रिय सदस्य पदमा निर्वीरोध निर्वाचित भएका हुन ।
केन्द्रिय सदस्यमा निर्वाचित मेयर शर्मा फलेबास नगरपालिकामा योजनाबद्ध बिकास, रणनितीक महत्वका ठुला र प्रभावकारी योजना कार्यान्वयन, शिक्षा, कृषि, पर्यटनका दिर्घकालिन योजनाहरुको कार्यान्वयन तथा कालीगण्डकी बहुद्देश्यीय परियोजना जस्ता राष्ट्रिय गौरबका योजनाहरुको कार्यान्वयनको लागि पहल गर्ने मेयरको रुपमा स्थापित भएका छन ।
उनी नगरपालिका संघमा सदस्य भएपछि संघको क्रियाशिलता र फलेबासको बिकासका लागि थप भूमिका खेल्ने अपेक्षा गरिएको छ ।यसैगरी बागलुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल पनि नेपाल नगरपालिका संघको केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन । पौडेल पनि तीन दशक देखि बन्द बलेवा बिमानस्थल सञ्चालनमा ल्याएर चर्चामा आएका मेयर हुन ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Related