• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा उद्योग बाणिज्य संघमा चुनाबी सर्गर्मी सुरु काँग्रस कम्युनिष्टका छुट्टाछुट्टै प्यानल

  •      /१८ भाद्र २०७५, सोमबार ०३:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखराका उद्योगी तथा व्यवसायीहरूको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको आगामी ५ असोजदेखि हुने ३२औँ महाधिवेशनका लागि चुनावी सरगर्मी सुरु भएको छ ।

    आजसम्म विशुद्ध राजनीतिक शाख जोगाएको पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघमा यसपटक भने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ ।

    औपचारिक घोषणा नभए पनि रवीन्द्रबहादुर प्रजूको नेतृत्वमा कांग्रेस निकट व्यवसायीहरूको प्यानल तयार गरेर यसअघि नै चुनावी अभियान थालिसकेका छन् । प्रजू पोखरा महानगरपालिका–३ का कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्षसमेत हुन् । उनी यसअघि पोखरा उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

    नेकपा निकटका व्यवसायीहरूले आइतबार पत्रकार सम्मेलन गरी दामु अधिकारीको अध्यक्षतामा प्यानल घोषणा गरेका छन् । अध्यक्षका दावेदार अधिकारीले प्यानल घोषणासँगै केही प्रतिबद्धताहरू पनि सार्वजनिक गरेका छन् ।

    उनका अनुसार सहजपूर्वक उद्योग व्यवसाय सञ्चालन गर्न पाउने वातावरण सिर्जना गर्ने, सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायलाई ध्यान दिएर आर्थिक विकासमा हातेमालो गर्ने, संघ, प्रदेश र स्थानीय सरकासँग समन्वय गर्दै व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान गरिनेछ ।

    त्यसैगरी, पोखरालाई कृषि, पर्यटन र मझौला उद्योगको हब बनाउने र अन्तर्राष्ट्रिय बजारको रूपमा विकास गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रूपमा विकास गर्ने, व्यवसायीहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना अघि सारिएको छ ।

    प्रशासनिक र कर प्रशासनले कहिलेकाहीँ समस्या पार्ने गरेको भन्दै त्यसबाट मुकाविला गर्ने, पोखराको खानेपानी शुद्धीकरण र सौर्य सडक बत्ती परियोजनालाई निरन्तरता दिने, पोखराका पार्किङ व्यवस्थापनमा सहयोग गर्ने, प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने लगायतका कार्यक्रम अगाडि सारिएको अघिकारीले जानकारी दिए ।

    यसअघि अध्यक्षको चर्चामा रहेका नारायण कोइराला प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएका छन् भने अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षका यदुनाथ अधिकारीले चुनाव लड्ने भएको छन् ।

    अध्यक्षको आकांक्षी भनेर प्रचार गरेकी विन्दु कोइराला कांग्रेस प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । नेकपा निकट व्यवसायीको तर्फबाट उद्योग उपाध्यक्षमा गीता तिवारीलाई उम्मेदवार बनाइएको छ । उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गोकर्ण कार्की प्यानलबाट बाहिरिएका छन् । वाणिज्य उपाध्यक्षमा कांग्रेस प्यानलबाट पवन प्रजापतिलाई अगाडि सारिएको छ भने नेकपा प्यानलबाट यमनाथ पौडेललाई उम्मेदवार बनाइएको छ ।

    महासचिवमा कांग्रेस प्यानलबाट अर्जुन पोखरेल र नेकपा प्यानलबाट किसन सुनारबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस प्यानलबाट कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र नेकपा प्यानलबाट प्रेम भुजेललाई उम्मेदवार बनाइएको छ भने उपमहासचिवमा कांग्रेस प्यानलको प्रतिनिधित्व चिनु गुरुङले र नेकपाको प्रतिनिधित्व सीता बरालले गर्ने भएका छन् ।

    प्रजू प्यानलबाट सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्तोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दिनेश बास्तोला, शोभा गौतम, रामेश्वरप्रसाद अधिकारी, रामप्रसाद गौतम उम्मेदवार बनेका छन् ।

    यसैगरी, नेकपा सम्बद्ध प्यानलबाट सदस्यमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोभित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेललाई उम्मेदवारका रूपमा घोषणा गरिएको छ ।

    २९ सदस्यीय कार्य समितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् ।

    सदस्यमध्ये चार जना वस्तुगत संघबाट निर्वाचित हुनेछन् भने दुई जना कर्पोरेट सदस्यबाट निर्वाचित हुने व्यवस्था छ । एक जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । चार जना सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

    संघमा साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र वस्तुगत सदस्य २८ सहित ३ हजार ३ सय ७७ मतदाता रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.