पोखरा / तीन दिनअघि मात्रै स्वदेश झरेको एशियाडमा पदक विजेता प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा भव्य स्वागत गरियो । विहान साढे ११ बजे पोखरा विमानस्थलमा अवतरण भएका पदक विजेता खेलाडीलाई बजार परिक्रमासहित नागरिक अभिनन्दन गराई पोखरा रंगशालाको कभर्ड हलमा सम्मान गरिएको थियो ।
इण्डोनेसियामा आयोजित १८ औ एशियाली खेलकुद प्रतियोगितामा नेपालले २० वर्षपछि ऐतिहासिक रजत पदक जितेको थियो । पहिलोपटक सहभागिता गराइएको खेल प्याराग्लाइडिङबाट ऐतिहासिक पदक जित्ने पोखरेली पाईलटलाई घरेलु शहरमा अस्विमरणीयरुपमा स्वागत गरिएको थियो ।
स्वागतमा खेलकुदकर्मीसँगै प्याराग्लाइडिङ पाईलट खेलकुद क्लब, पर्यटन व्यवसायी, विभिन्न संघका खेलाडी तथा पदाधिकारीहरुको उपस्थिति थियो । एशियाडमा क्रसकन्ट्री पुरुष टिम इभेण्टमा सहभागी विमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, शुशिल गुरुङ र विजय गौतमले रजत पदक जितेका हुन् ।
पोखरा रंगशालामा एक दर्जन संघसंस्थाले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोसल्ला ओढाई सम्मान गरेपछि भुपु खेलाडी मन्च नेपालले प्याराईडिङ टिमलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्यो ।
मन्चका अध्यक्ष तेजबहादुर गुरुङले नगदसहित सम्मान व्यक्त गरेका थिए । उनी लगत्तै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य राजेश गुरुङले पदक विजेता खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ नगद हस्तान्तरण गरे । पुरुष टिमसँगै प्याराग्लाईडिङ महिला टोलीलाई पनि सम्मान गरिएको थियो ।
प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबावु सुनुवार र व्यवस्थापक शैलेन्द्र रावतलाई समेत सम्मान गरिएको थियो । महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ,प्रतिभा भुजेल र सविता तामाङ थिए ।

Related