कास्कीका निर्माण व्यवसायीलाई चुनाब लाग्यो बराल प्यानलको प्रतिबद्दता सार्बजनिक
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा आनन्द बराल प्यानलले प्रतिबद्दता पत्र सार्बजनिक गरेको छ ।
बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्योजना सहित प्रतिबद्दता पत्र सार्बजनिक गरेको हो ।
पत्रमा सो क्षेत्रमा देखिएका अन्यौलता अन्त्य गर्ने ,ब्यबसायीहरुलाई सबल र सक्षम बनाउदै सार्बजनिक बिकाशमा जनसरोकार वृद्धि गर्ने ,ब्यबासायिक एकतामा जोड दिदै सम्बृद्ध नेपाल निर्माणको अभियानमा सारथि बन्ने लगाएतका बिभिना १० बुदे प्रतीबदत्ता ब्यक्त गरिएको थियो ।
भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठवन्धन प्यानलबाट आनन्द वराल अध्यक्ष पदको उम्मेदवार वन्ने भएका छन् । संघको आगामी नेतृत्वको लागि यस अघिनै सुरेश श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक प्यानल घोषणा भईसकेको छ ।
वाम गठवन्धनबाट वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा हरीप्रसाद लम्साल, सचिव सुवर्ण श्रेष्ठ, कोषाध्यक्ष रविचन्द्र खनाल, सहसचिव विनोद भण्डारी र सहकोषाध्यक्ष कृष्णप्रसाद ढकाल९केडी० छन्। सदस्यहरुमा उत्तम सिग्देल, संजय कुँवर,लक्ष्मण पाण्डे,विरेन्द्र श्रेष्ठ, सन्दीप गिरी र संजोग पराजुली छन्।
अध्यक्ष पदका प्रत्याशी आनन्द वरालले २७ वर्षदेखी निर्माण व्यवसायमा लागेको र यस क्षेत्रका समस्या र विकृतिहरु समाधान गरि पेशालाई गर्व गर्ने वनाउनको लागि आफ्नो उम्मेदवारी भएको वताउनु भयो ।
Related