• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालको भारतमाथीको परनिर्भरता सकियो, चीन सबै बन्दरगाह प्रयोग गर्न दिन सहमत

  •      /२२ भाद्र २०७५, शुक्रबार ०४:३४ ,  प्रकाशीत
  • काठमाडौं, भदौ २२

    नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । योसँगै तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्थाको समेत अन्त्य भएको छ ।

    नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले आफूलाई अनुकुल हुने गरी चीनका जुनसुकै बन्दरगाह प्रयोग गर्न बाटो खुलेको छ । नेपाललाई चीनका सबै समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिने विषयमा चीन सहमत भएको उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

    दुई देशका उच्च सरकारी अधिकारी बीच गएराति भएको सहमति अनुसार नेपालले चीन हुंदै तेस्रो मुलुकबाट सामान आयात गर्दा सामुन्द्रीक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछन् ।

    नेपाल र चीनबीच सन् २०१६ मा व्यापार तथा पारवहन सम्झौता भएको थियो । दुई वर्ष अघि भएको सोही सम्झौता कार्यान्वयनका लागि काठमाडौंमा तेस्रो बैठकको आयोजना गरिएको थियो ।

    नेपाल चीन व्यापार तथा पारवहन सम्झौता प्रोटोकलमा भएको सहमतिले व्यापारमा भारतमाथिको परिर्निभरता अन्त्य भएको छ । नेपालले अब तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी खर्च समेत कम हुने तथा निर्यातका लागि पनि चीनको बाटो खुल्ला भएको प्रवक्ता ढकालले बताउनुभयो ।

    सामुन्द्रिक तथा सुख्खा बन्दरगाह, ती बन्दरगाहबाट नेपाल सम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायत पारवहन सम्बन्धी विभिन्न विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

    बैठकमा नेपालका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुले गर्नु भएको थियो भने, चीनका तर्फबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुपिङले गर्नु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.