पोखरामा परेको अविरल बर्षासंगै रामघाट क्षेत्र जलमग्न
/२६ भाद्र २०७५, मंगलवार ०४:४३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।लगातार परेको अविरल बर्षाका कारण पोखराको रामघाट क्षेत्र जलमग्न भएको छ। बर्षा सैगै सेतीले बगाएर ल्याएको काठ दाउरा र अन्य नदिजन्य चिजहरुले सेतीनदिको बहाव क्षेत्र थुनिदा रामघाट क्षेत्रमा ताल बनेको छ।
हिजो देखि परेको अविरल वर्षातको कारण रामघाट स्थित सेती नदीको बढ्दो बहाब र बहान क्षेत्रमा बगाएर ल्याएको चिजबिजका कारण नदिको बहाव संकुचन हुदा रामघाट क्षेत्र तालमा परिणत भएको हो ।
सो क्षेत्रमा चार वटा असस्थायी टहरा डुबानमा परेको र उनीहरु अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले रामघाट क्षेत्रमा पानीको बहाब घट्ने क्रममा रहेकाले थप डुबानको सम्भाबना नरहेको एसपी रानाले बताए ।

तस्विर ; शुदर्शन रञ्जितको फेसबुकबाट
Related