निर्मला प्रकरणमा प्रधानमन्त्री ओलीले भने : प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला
तपाईको प्रतिक्रिया





काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त र प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरूको सहभागीता रहेको थियो।
निर्मलाका आमा बाबुले अपराधी छिटो पत्ता लगाइदिन अनुरोध गरेका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार निर्मलाकी आमा दुर्गादेवीले प्रधानमन्त्रीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्। निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए।
उनले भनेका थिए, ‘निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।’ प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।’
Related