• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्व-पश्चिम रेलमार्ग, निजगढ एयरपोर्ट र ६ वटा सुरुङमार्गमा लगानी जुट्योः अर्थमन्त्री

  •      /२ आश्विन २०७५, मंगलवार १५:४९ ,  प्रकाशीत
  • काठमाडौं । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाटका क्रममा ती मेगा प्रोजेक्टहरुका लागि लगानीको श्रोत जुटाईसकेको घोषणा गरेका हुन् ।

    ‘पूर्व पश्चिम राजमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, पूर्वपश्चिम रेलमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, ठूला विद्युत आयोजनामा कसले कहाँ लगानी गर्ने भए, हवाई एयरपोर्टको काम कहाँ पुग्यो ? ६ वटा सुरुङमार्गका कुरा पनि छन्, एक महिना कुर्नुस अर्काे पत्रकार सम्मेलनका लागि थाँती राख्छु, परिपक्क नभएसम्म भन्दिन, यी सबैमा दातृ निकायहरुसँगको सहमति माथिल्लो चरणमा पुगिसकेको छ ।’, अर्थमन्त्री डा. खतिवडाले भने ।

    ९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलमार्गमा चीन, भारत, दक्षिण कोरिया र जापान सरकारका सहयोग नियोगहरु मार्फत ०.१ प्रतिशत सहुलियत ऋण लिनेबारे अर्थमन्त्रालयले सहमति गर्न लागेको श्रोतले बतायो । त्यस्तो ऋण ४० बर्षभित्रै तिरिसक्नुपर्ने व्यवस्था गर्न लागिएको रेल विभाग सम्वद्ध श्रोतले भन्यो ।

    त्यस्तै, २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थलको पहिलो चरणका लागि १२१ अर्ब बजेट लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ८ हजार ४५ हेक्टर जमिन ओगट्ने विमानस्थलको निर्माणका लागि भने ७ खर्ब लाग्ने भनिएको छ ।

    सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माण आरम्भ गर्ने भनेको थियो । त्यसका लागि टेण्डर समेत आव्हान गरिसकिएको छ । त्यस बाहेक टोखा–छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, कोटेश्वर–जडिबुटी, खुर्काेट–चियाबारी, विपिनगर–खुटिया–दिपायल र थानकोट–चित्लाङमा सुरुङमार्ग निर्माण निर्माण गर्ने भनेको थियो ।

    उनले नयाँ सरकार गठन भएपछि ५१ अर्ब थप वैदेशिक सहयोग प्रतिवद्धता आएको जानकारी पनि दिए । त्यस बाहेक शान्ति कोषमा रहेको युरोपियन युनियनको एक अर्ब र जर्मन सरकारको १६ करोड खर्च गर्ने अख्तियार पाएको जानकारी दिए ।

    त्यस्तै एसियाली पुर्वाधार विकास बैंकले तामाकोशी ५ आयोजनामा लगानी गर्ने सहमति व्यक्त गरेको पनि बताए । हाल आफु लगानीको श्रोत जुटाउन लागि परेको स्पष्ट पारेका थिए ।
    bikashnews

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.