• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा–बागलुङ सडक असोज २० गतेसम्म ७ घण्टा बन्द

  •      /३ आश्विन २०७५, बुधबार १३:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड दैनिक ७ घण्टा बन्द हुन थालेको छ । उक्त सडक खण्डको मर्मतसुधार तथा फराकिलो बनाउने कार्य भइरहेको हुँदा यही असोज २० गतेसम्म दैनिक ७ घण्टा बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको हो । पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक ७ घण्टा बन्द गर्न थालिएको हो ।

    लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउने कार्य भइरहेको छ । उक्त सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म २ घण्टा सडक बन्द गरिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

    असोज २० देखि दशैं शुरू हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप पनि बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनीले बताएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६ किलोमिटर सडक स्तरोन्नतिको काम उक्त कम्पनीले निर्माण गर्ने जिम्मा पाएको छ ।

    अहिलेसम्म १५ प्रतिशत काम सकिएको उक्त सडक खण्डको सबै ठाउँबाट काम शुरू गरिएको र दशैंतिहारपछि कामलाई अझै तीव्र बनाइने बताइएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउनका लागि विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.