१३ औं सागको नयाँ मिती असौजको तेश्रो साता तोक्दैछौ–मन्त्रि विश्वकर्मा
/३ आश्विन २०७५, बुधबार १४:३२ , प्रकाशीत
केशब पाठक पोखरा ।यूवा तथा खेलकूद मन्त्रि जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा तोकिएको समयमा नहुने संकेत गर्दै यहि असौजको तश्रो साता नयाँ मिती तोकिने बताएका छन । यस अघि साग खेलकुदका लागि २०१९ मार्च ९–१८ (२०७५ फागुन २५ देखि चैत ४ गते) का लागि काठमाडौ र पोखरामा आयोजनाका लागि तोकिएको थियो ।
पोखरा स्र्पोट्स डटकम संगको विशेष कुराकानीमा मन्त्रि विश्वकर्माले १३ औं साग यस अघि तोकिएको मिती मार्चमानै नभए पनि सन २०१९ भित्र हुने गरि नयाँ मिती तोकिने संकेत गरेका हुन । उनले यसका लागि आवश्यक प्रक्रियाहरु शुरु भइरहेको समेत बताए ।
मन्त्रि विश्वकर्माले १३ औं साग नेपालमानै आयोजना हुने बारे विश्वस्त पार्दै भने–“हामीले साग खेलका लागि प्रारम्भिक चरणका सम्पूर्ण काम सकेका छौं र यसका लागि तयारी बैठक असौजको तेश्रो हप्तामा गर्दैछौ र यहि बैठकले नयाँ मिति तोक्नेछ ।” मन्त्रि विश्वकर्माले विश्वस्त पार्दै थपे–“सागको आयोजनाको विषय राज्यको प्रतिष्ठा संग गाँसिएकोले पनि यसलाई भव्यता सहित पूर्णता दिन गम्भिर ढङ्गले अगाडी बढेका हौं ।”
१३ औं दक्षिण एशियाली खेलकुदका लागि भौतिक पूर्वाधारका कामहरु तिव्र गतिमा भइरहेको बताउँदै मन्त्रि विश्वकर्माले ८ औं राष्ट्रिय खेलकुदको तयारी पनि १३ औं सागको खेलकुदका लागि रणनितिक हिसावका साथ आयोजना समेत गरिने बताए ।
१३ औं सागका लागि २०७३ सालमा प्रधानमन्त्रिको संयोजकत्वमा गठित समन्वय तथा व्यवस्थापन समितीलाई समय सापेक्ष अनुसार पूर्णता दिएको मन्त्रि विश्वकर्माले बताए । उनले यसमा राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधीसभा र राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता, योजना आयोगका उपाध्यक्ष, प्रदेश ३ र गण्डकी प्रदेशका मुख्य मन्त्रि, उर्जा मन्त्रिलाई सदस्यका रुपमा थपिएको बताए ।
यसै गरि यूवा तथा खेलकुद मन्त्रिको संयोजकत्वमा गठित तयारी व्यवस्थापन समितीमा उर्जा सचिब, काठमाडौ, भक्तपुर, ललितपुर र पोखरा महानगरका मेयर, योजना आयोगका खेलकुद हेर्ने सदस्य, खेलकुद महाशाखाको सहसचिब, उर्जा मन्त्रालयका सचिब र नेपाल पत्रकार महासंघका अध्यक्षलाई सदस्यमा मनोनित गरेको जानकारी दिए ।
केशब पाठक
पोखरा ।यूवा तथा खेलकूद मन्त्रि जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा तोकिएको समयमा नहुने संकेत गर्दै यहि असौजको तश्रो साता नयाँ मिती तोकिने बताएका छन । यस अघि साग खेलकुदका लागि २०१९ मार्च ९–१८ (२०७५ फागुन २५ देखि चैत ४ गते) का लागि काठमाडौ र पोखरामा आयोजनाका लागि तोकिएको थियो ।

Related