शुभेच्छा न्यूज
पोखरा । नयाँ संहिताको विरुद्धमा पोखरा क्षेत्रमा भाडा प्लेटका सवारी चालकहरु आन्दोलित भएका छन्। सरकारले यही भदौ देखि लागु भएको नयाँ ऐनले सवारी दुर्घटना लगायतमा अस्वभाबिक सजायको ब्यवस्था गरेपछि उनीहरु आन्दोलित भएका हुन्।
पेशा ब्यवसाय गर्दा अन्जान बस हुने दुर्घटना एवं गल्तीको लामोसयसम्म सजाय भोग्नुपर्ने ब्यवस्था नयाँ ऐनमा राखिएपछि त्यस बिरुद्ध असहमति जनाउदै उनीहरुले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको बताएका छन्। सार्वजनिक सवारी चालकहरुका कारण पोखरामा सवारी सञ्चालन हुन सकेको छैन।
उनीहरु चोकचोकमा बसेर चलेका सवारीहरुलाई समेत रोकेका छन्। तर, नयाँ ऐनले मुलुकमा कुनै बहानामा बन्द हडताललाई निषेध गरेपनि प्रशानस मुकदर्शक बनेको छ। चालक आन्दोलनका कारण एकाएक यातायत ठप्प भएपछि यात्रीहरु बीचबाटोमै अलपत्र परेका छन्। गन्तब्य सम्म पुग्नको लागि उनीहरु बिहान देखि सडक पेटीमै बस कुरीरहेका छन्।
भित्री सडकहरुमा केही भाडाका ट्याक्सी र नगरबस चलेपछि आन्दोलनकारीहरुले रोक्दै यात्रु झारेर साइड लगाएका छन्।चालकहरु आफ्ना गाडीहरु घरघरमै थन्कएर चोकचोकमा भेला भएका छन् ।

Related