• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समावेशी समूहका अधिकारीद्धारा प्रतिद्धन्दी प्रजुलाई वडाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा आउन दिए चुनौती

  •      /४ आश्विन २०७५, बिहीबार १५:२२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा/ पोखरा उद्योग वाणिज्य संघमा प्यानल उम्मेद्वारी दिएको समावेशी व्यवसायी समूहले विहीबार शक्ति प्रदर्शन गरेको छ । संघको यहि शुक्रबार र शनिबार हुने ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि सरेको अध्यक्षका उम्मेद्वार दामु अधिकारी नेतृत्वको प्यानलले विहीबार पञ्चेबाजासहित ¥याली निकालेर शक्ति प्रदर्शन गरेको हो ।

    पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनबाट शुरु भएको ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकस्थित पोखरा मल अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

    कोण सभामा बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले उद्योगी व्यवसायीको नेता बन्ने भए वडाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा आउन प्रतिष्पर्धी रबिन्द्रबहादुर प्रजुलाई चुनौति दिए ।

    उनले भने,‘मेरा प्रतिष्पर्धी प्रजूजीले दुबै हातमा लड्डु खोज्नु भएको छ, तर म उहाँलाई चुनौति दिन चाहन्छु, यदि तपाईं साँच्चिकै उद्योगी÷व्यवसायीको पक्षमा हुनुहुन्छ र उहाँहरुलाई धोका दिन चाहनुहुन्न भने वडाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा आउनुस्, हैन भने गोहीको आँशु खसालेझैं गरेर उद्योगी व्यवसायीको पक्षमा छु भनेर नढाँट्नुस् ।’

    उनले राज्यको तलब भत्ता खाएर उद्योगी व्यवसायीको नेता बन्न नसुहाउने बताउँदै भने,‘जनतमतको पनि कदर गर्नुस्, ईमान जमान र ईज्जतको पनि ख्याल गर्नुस्, बेलैमा बुद्धी पु¥याउनुस् ।’

    अधिकारीले चुनाव जितेपछि प्रजूले बरिष्ठ उपाध्यक्ष नारायण कोइरालालाई कार्यवाहक दिने गोप्य सूचना सुनेको भन्दै त्यसरी उद्योगी व्यवसायीलाई धोका दिन लागेको भन्दै आपत्ति जनाए । ‘तपाईंहरुको गोप्य सहमति बाहिर आइसकेको छ, यसरी उद्योगी व्यवसायीलाई गुमराहमा राखेर धोका दिन पाउनुहुन्न, यसले संघलाई डुबाउनुबाहेक केहि फाइदा गर्दैन ।’

    उनले प्रत्यासी प्रजूले हालको कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको हैसियतमा कुनैपनि काम नगरेकोसमेत बताए । उनले भने,‘म अब चुनावमा उठ्दिनँ, वडामै केन्द्रीत हुन्छु भनेर प्रजूजी कुनैपनि कार्यक्रममा सहभागि हुनु भएन, काम गर्ने बेलामा निस्कृय भएको मान्छे अहिले चुनाव लड्न आउनु कत्तिको जायज हो उद्योगी व्यवसायी तपाईंहरुले नै मूल्यांकन गर्नुस् ।’

    प्रजुले आफू उम्मेद्वार नबन्ने भन्दै आफ्ना मान्छेलाई समेटेर प्यानल बनाउन आफूलाई भनेको भन्दै पछि आएर धोका दिएको उनको भनाई छ । उनले प्रजूले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै २ वर्षको कार्यकालमा २ महिना राजनीतिक रंग दिएर संघको बद्नाम गरेको बताए । उनले भने,‘प्रजूले धमिलो पानीमा माछा मार्न खोजे, राजनीतिक रंग दिएर संघको बद्नाम गर्नुभयो, यो कुरा सबै उद्योगी व्यवसायीले बुझेर उहाँलाई त्यसको परिणाम भोगाउनुपर्छ ।’

    उनले प्रजूबिरुद्ध उजुरी दिन वकिलहरुले सुझाएपनि आफू नमानेको बताए । उनले भने,‘मलाई वकिलहरुले जनप्रतिनिधिले जनमतको अवज्ञा गर्दै उद्योगी व्यवसायीको चुनाव लडेको भन्दै मुद्धा हाल्न सुझाव दिए, तर मैले हालिन, किनकि म मुद्धा जितेर अदालतले दिएको निर्णयबाट अध्यक्ष हुन चाहन्नँ, बरु उद्योगी व्यवसायीले दिएको मतको न्यायबाट अध्यक्ष भएर उहाँहरुकै पहरेदार हुन चाहन्छु, चौकीदार हुन चाहन्छु ।’

    अधिकारीले दश जना पूर्व अध्यक्षहरुले राजनीतिको आड र नेताहरुको दवाबमा विज्ञप्ती निकालेको भन्दै आपत्ति जनाए । उनले भने,‘पूर्व अध्यक्षहरुले दवाबमा आएर विज्ञप्ती निकाल्नु भएको रहेछ, तर पोखरा उद्योग वाणिज्य संघ उहाँहरुको पेवा हैन, संघलाई आवश्यक परेको बेला सिन्कोपनि नभाँच्ने ति दश जना अध्यक्षहरुले अहिले आएर राजनीतिक आडमा वक्तव्यबाजी गर्नु नाजायज हो, यसप्रति मेरो आपत्ति छ ।’

    arthikawaj

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.