• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरी चौकी तोडफोड प्रयासपछि स्थिति तनावपूर्ण

  •      /५ आश्विन २०७५, शुक्रबार ०७:४३ ,  प्रकाशीत
  • सुनसरीको भुटाहास्थित रोहियान नेशनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारी हत्या विरोधमा स्थानीय आन्दोलित भएका छन् । हत्यारालाई पक्राउ गर्नुपर्ने र घटनाको छानबिन माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीय बासिन्दाले भुटाहास्थित प्रहरी चौकी तोडफोड प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

    तीनवटा चेकपोष्ट कटेर भारतीय नम्बर प्लेटको एउटा पल्सर र अर्को एफजेड मोटरसाइकलमा आएर हत्या गरी तीनै चेकपोष्टमार्फत् फरार हुँदापनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका हुन्।

    आक्रमणकारीहरु गोली प्रहारपछि भूटाहा बजार हुँदै सीमापारी भारतीय बजार घुर्ना छिर्न सफल भएका थिए ।बिहीबार बिहान भुटाहा बजारमा विद्यालय व्यवस्थापन समितिको बैठक सकिए लगत्तै चिया पिउन बजार निस्केका बेला अन्सारीमाथि गोली प्रहार गरेका थिए ।

    भुटाहा बजारमा खुर्सिदको गोली प्रहार गरी हत्या भएको खबर फैलिएपछि भारततिर जाने बाटोमा स्थानीय बासिन्दाहरुले हत्याराहरुलाई रोक्ने प्रयास गरेका थिए। केहीले सडकमा बेन्ची राखेर रोक्ने प्रयास गरेका थिए। बीचमा लठीको भरमा बन्दुकधारीलाई रोक्न खोज्ने प्रहरी जवान शिव पौडेलको खुट्टामा गोली प्रहार गरेर सहजै भागेको स्थानीयले बताएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.