• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुलुक आर्थिक रुपमा सम्बृद्ध नहुँदा मौलिक हक कार्यान्वयन चुनौती पूर्ण : अध्यक्ष तिमिल्सिना

  •      /५ आश्विन २०७५, शुक्रबार १५:२१ ,  प्रकाशीत
  • पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुक आर्थिक रुपमा सम्बृद्ध नहुँदा सम्म सबै मौलिक हक कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन्।

    पर्वतको कुश्मामा नेपाल जेसिजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदबाट पारित भएका मौलिक हक सत् प्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण काम भएको उल्लेख गरे।  अध्यक्ष तिमिल्सिनाले सबै जनताले कानुनले सुनिश्चित गरेका हक अधिकार उपभोग गर्न सक्नै हैसियत बनाउनुपर्नेमा जोड दिँदै अबको जिम्मेेवारी मौलिक हकको सत प्रतिशत कार्यान्वयन नै भएको बताए।

    पेट भोको भएको अवस्थामा हक र कानुनका किताव देखाएर पेट नभरिने भएको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसका लागि देशमा सबैभन्दा पहिले आर्थिक समृद्धिको आवश्यकता रहेको उल्लेख गरे। संविधानमा असहमति राख्ने पक्षले समेत मौलिक हक पारित गर्दा सहमति गरेको बताउँदै उनले संविधानले दिएको हक कार्यान्वयन गर्ने वातावरण बनाउने दायित्व सबै राजनीतिक दलले लिनुपर्ने तर्क गरे।

    मुलुकमा बिधिको शासन चाहिएको बताउँदै अध्यक्ष तिमिल्सीनाले बिधि र शासन दुईतिर फर्किएमा बिगतकै शैलीले निरन्तरता पाउने र देशको आर्थिक समृद्धि असम्भव रहेको उनको भनाई छ। संबिधानले ग्यारेन्टी गरेका विषय पूरा नहुँदा नागरिक अदालत जाने अवस्था आउने भएकाले त्यसलाई कार्यान्वयन गर्नेमा राजनीतिक एकता आवश्यक भएको उनको ठहर छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.