पोखरा /पर्वतकी ४२ वर्षीय वृन्दा गिरीको अमेरिकाको मेरील्यान्डमा गोली प्रहार गरी हत्या गरिएको छ l पांच महिना अघि अमेरिका पुगेकी गिरी तीन हप्ता अघि मात्र बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राईट एड कम्पनीको औषधि वितरण केन्द्रमा काम गर्दै आएकी थिइन l
उनी कार्यरत केन्द्रभित्र कार्यरत एक महिलाले गोली चलाउँदा उनीसहित तीन जनाको मृत्यु भएको थियो l उनका १४ बर्षकी छोरी र ११ बर्ष को छोरा रहेको बुझीएको छ ।
अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए ।सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो ।
आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकाे उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
साथै परिवार स्रोतले जानकारी दिए अनुसार यही सेप्टेम्वर २३,२०१८ आइतवार मृतक गिरीको अन्तिम दाहस्सकांर गर्ने कार्यक्रम भएको बुझिएकोले सबै शुभचिन्तकहरुलाई उपस्थित भै परिवारजन प्रती सहानुभुती प्रदान गरिदिनुहुन पनी अनुरोध गर्दछौ ।

Related