• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्माण सकिन नपाउदै नारायणगढ–मुग्लिन सडकखण्ड तीन ठाउँमा भासियो

  •      /८ आश्विन २०७५, सोमबार ०८:१३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    चितवन । भर्खरै निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड तीन ठाउँमा भासिएको छ । अकस्मात नवनिर्मित सडक भासिएपछि एकतर्फीरुपमा मात्रै सवारी सञ्चालन गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुंगामा ७५ मिटर लामो सडक भासिएको छ ।

    सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करिब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन ।

    त्यसैगरी १७ किलोमा ४० मिटर सडक भासिएको छ । सो ठाउँमा ०६० सालमा ‘स्वायल रक एंकरिङ’ गरिएको थियो । सडक ६ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए ।

    यस्तै नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा १ दशमलव ५ मिटर चौडा सडक भासिएको छ । ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.