• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा उद्योग बाणिज्य संघका पदाधिकारी एवं सदस्यको पदस्थापन

  •      /८ आश्विन २०७५, सोमबार १४:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका नव निर्वा्चित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन् ।

    संघको ३२औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको छ । नव निर्वािचत अध्यक्ष दामु अधिकारीले यसअघि नै निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको सपथग्रहण गरिसकेका थिए । सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संघका नवनिर्वा्चित पदाधिकारीहरुलाई पदको सपथ गराएका हुन् ।

    सपथ तथा कार्यभार ग्रहणसँगै अध्यक्ष तथा पदाधिकारीको सोमबार नै पदस्थापन समेत भएको छ । नवनिर्वा्चित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराएका हुन् ।

    नव निर्वािचत कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्ने सबैलाई धन्यवाद दिएको छ । समारोहमा बोल्दै संघका पूर्व अध्यक्ष तथा सांसद थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दरिलो संस्था बनाउन आग्रह गरे /स्थानीय तहमा बढेको करको दर बृद्धी, मूल्यबृद्धी जस्ता समस्या समाधान गर्न र उद्योगी ब्यवसायीको आवाज बुलन्द पार्न उनको आग्रह छ ।

    संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता सबैलाई आग्रह गरे । नव निर्वा्चित अध्यक्ष दामु अधिकारीले सबैलाई धन्यवाद दिए । उनले चुनावी टीम पेन्सिलले लेखिएकोले पूरै मेटिईसकेको भन्दै तिक्तता नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.