शुभेच्छा न्यूज
पोखरा । केही समय पहिले सरकारले २० वर्ष पुराना गाडी हटाउन गरेको निर्णय उल्टाएर फेरि पुराना गाडि सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएको भन्दै सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।
आली सरकारले काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको जानकारी प्राप्त भएको छ। यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन।’

Related