• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्थानिय र सर्वसाधारणलाई समृद्ध बनाउदै पञ्चासे केबलकार निर्माण गर्ने योजनामा कम्पनी

  •      /९ आश्विन २०७५, मंगलवार १०:०६ ,  प्रकाशीत
  •  

     

     

    रामचन्द्र शर्मा

    चेयर मेन

    पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड र आरकेडी रियल स्टेड कम्पनी

    देश बिकास र समृद्धी तर्फ अगाडी बढ्ने क्रममा राष्ट्रिय पुजीँ र उद्यंमशीलताको सिर्जना हुन आवस्यकछ। राज्य लगानी मैत्री वातावरण बनाएर मुलुकललाई बिकास र समृद्धीपथमा अगाडि बढाउन प्रतिवद्ध रहेको आशय ब्याक्त गरिरहेको छ।

    पर्यटकीय सुन्दर नगरी एवं पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा रहेको पोखराबाट युवा ब्यवसायीहरुको अगुवाईमा आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उदेस्यले पर्यटन संग जोडेर केबलकार सञ्चालन गर्ने परियोजना अगाडि बढेको छ।

    समुदायको सामुदायिक लगानीको प्रर्वर्धन गर्दै पोखराका प्रतिष्ठीत युवा व्यवसायीले आरकेडी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेडको साहायक कम्पनीको रुपमा पंचासे केबलकार एण्ड टुर्स लिमिटेड नामको कम्पनी स्थापना गरिएको छ ।

    पोखरा महानगरपालिका वडा नं.२३ घाँटीछिना देखी पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं.१४ र मोदी गाँउपालीका वडा नं.८ मा पर्ने पंचासे ताल सम्म ८.५ कि.मि.दुरीको मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माण गरि संचालन गर्ने गरि परियोजना अगाडि बढेको छ।

    पंचासे क्षेत्रको प्राकृतिक सुन्दरतालाई कायम राख्दै ,पर्यटन पुर्वाधारहरु निर्माण गर्ने नगरपालीका , गाँउपालीका र नेपाल सरकारसँग करिब ३००० रोपनी जग्गा भाडामा लिएर परियोजनालाई आवस्यक पूर्वाधार बनाउने प्रक्रिया अगाडी बढी सकेको छ ।

    उक्त आयोजनाको निर्माण पुर्व गर्नुपर्ने प्रावधानहरु प्रि–फाइनलशियल एनलाइसिस रिपोर्ट, प्रि सर्भे,प्रि टेक्नीकल फिजिविलिटी सर्भे,एरिया स्कोपङि टोरएयर रिपोर्ट, र डिपीआरको काम करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ । केबलकार परियोजना को बटम स्टेशनको लागी घाँटी छिनामा करिब ५८ रोपनी जग्गा समेत खरिद गर्ने काम सम्पन्न भएको छ ।

    टपस्टेशनमा स्टेशन सहित पर्यटन पुर्वाधारहरु अत्याधुनिक वाटर लाइजटिङ्ग डान्सको मज्जा दिनको लागी वाटर फाउन्टिन फलवर, सहिदहरुको सामुहिक पहिचान गराउन र अध्यन गर्न मिल्ने गरि प्राकृतिक सहिद पार्क निर्माण गर्ने, युवा युवतीहरुलाई केन्द्रमा राखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रेम पार्क , पंचासे ताल देखी चित्रे गाउँ सम्म जिप फलायर, पंचासे घुम्ने ट्रेकिङ्गरुट बाल उद्यान एवं फन पार्क ,श्रवण कुमार आश्रम , हस्तकला बिक्रि केन्द्र एवं हेरिटेज प्लाजा होटल, रेष्टुरेण्ट र होमस्टे, एकै पटक २ हजार मानिसले सेवन गर्न मिल्ने अल्कोहल जोन निर्माण गर्ने र अन्य आवश्यक पर्यटन केन्द्रित पुर्वाधारहरु निर्माण गर्ने गरि डिपिआर बनिरहेको छ ।

    उक्त परियोजना निर्माण गर्नको लागी अनुमानित १० अर्ब रुपैँया लागत लाग्ने छ । यो पुँजी जुटाउनको लागी कम्पाीले आफनो चुक्ता पुजीँ ४ अर्ब पचिस करोड रुपैँया पु¥याउने भएको छ । यो योजना राष्ट्रिय पुजी निर्माणको नमुना योजना बनाउने गरि औद्योगिक विकासमा फरक सन्देश प्रवाह गर्ने गरि प्रर्वधक शेयरको विभाजन गरेको छ ।

    जस अनुसार पुजीको व्यवस्थापनमा प्रर्वधक शेयर ३ अर्ब रुपैँया मूल्यकायम हुने छ जसमा कर्पोरेट शेयर ५१ प्रतिशत रहने छ । प्रभावित क्षेत्रमा पर्ने स्याङजा, कास्की र पर्वतका जनता र अन्यलाई ७ प्रतिशत शेयर दिइने छ। त्यस्तै वैदेशीक रोजगारीमा गएका नेपाली कामदारहरुलाई ७ प्रतिशत, कास्की, पर्वत,स्याङ्जामा रहेका सहकारीहरुलाई ६ प्रतिशत शेयरको ब्यवस्था गरिने छ भने राष्ट्र सेवक कर्मचारीहरुका लागी ५ प्रतिशत शेयरको ब्यवस्था हुने छ।

    पत्रकारहरुका लागी ३ प्रतिशत, नेपाल आर्मीका लागी २प्रतिशत, नेपाल प्रहरीका लागी २प्रतिशत, शिक्षकहरुका लागी २ प्रतिशत, श्रमिक र अन्यका लागी २ प्रतिशत शेयर छुट्टाइएको छ । यसरी प्रर्वधक शेयर ३ अर्ब रुपैँया र सर्वसाधारण को लागी आइपिओ  मार्फत् १ अर्ब पच्चिस करोड रुपैँया जारी गरि जम्मा ४ अर्ब २५ करोड रुपैँयाको पुँजीको संरचना निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।

    बाँकी रकम स्वदेशी एवंम विदेशी वित्तिय संस्थाहरु मार्फत सप्mट लोन लिएर पुरा गर्ने गरि कम्पनीले गृहकार्य गरिसकेको छ । यो परियोजना सम्पन्न भई संचालनमा आइसकेपछि यो क्षेत्रको पर्यटन र अन्य विकासमा कायापलट नै हुने विज्ञहरुले सुझाव दिएका छन्।

    केबलकारमा दैनिक १० हजार जनाले सेवा लिन सक्ने क्षमता रहेको छ । तत्कालका लागी वार्षीक १५ लाख बाह्य तथा आन्तरीक पर्यटकलाई यो क्षेत्रको भ्रमण गराउने कम्पनीको योजना रहेको छ । यस परियोजनाको संचालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार रोजगारी सिर्जना हुने अनुमान गर्न सकिन्छ । यसबाट लगानीको हिसाबले आय आर्जन र रोजगारकिो हिसाबको आय आर्जन हुदाँ प्रतिव्यत्ती आयमा अप्रत्यशीत सुधार आउने कुरालाई कसैले नर्कान सक्दैन।

    यसको प्रभावको कारण नेपाल भरि संस्थागत संस्कृतीको विकास भई देश साँच्चीकै रुपमा समृद्धीको यात्रामा लम्कने कुरामा र्निविवाद रहन्छ । यो योजनालाई तपाई हामीले समेत सहयोग गरौँ आफनो ठाउँ आफैँ बनाऊ यही पोखरेली हुनुको पहिचान हुनेछ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.