धार्मिक र पर्यटकिय स्थलबाटै सबै ठाउँको पहिचान हुने- मन्त्री गुरुङ
/९ आश्विन २०७५, मंगलवार १४:४६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले धार्मिक तथा पर्यटकिय स्थल सबैको अमूल्य सम्पत्ति भएकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । पर्बतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मोदीवेनी धाममा आयोजित श्रीमदगरुड महापूराण पितृ उद्धार तथा गिता प्रबचन कार्यक्रमको उद्धघाटन गर्दै गुरुङले यस्तो बताएका हुन ।
सबै ठाउँको पहिचान धार्मिक र पर्यटकिय स्थलबाटै हुने भन्दै मन्त्री गुरुङले यस्ता स्थलको जर्गना र संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले धार्मिक स्थलको उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको उनले बताए । मोदीबेनि धाम जस्ता पबित्र धार्मिक स्थल गण्डकी प्रदेश भित्र रहेकोले यस्ता धामलाई पर्यटकिय गन्तब्य बनाउनुपर्नेमा जोड दिए ।
संस्कृतिको संरक्षण र विकृतिलाई तिरस्कार गर्नुपर्ने भन्दै गण्डकी प्रदेश संस्कृति र पर्यायवरणमा धनी भएकाले पर्यटककीय गन्तव्य अहिलेको आबश्यकता रहेको बताए ।
गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेकोले यसमा सबै नागरिकले सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले प्रदेश सरकारले ल्याएको आर्थिक समृद्धिका कार्यक्रममा सघाउन नागरिक उत्पादनशील हुनुपर्ने धारणा राखे ।

Related