शुभेच्छा न्यूज
पोखरा / गतनिर्वाचनमा लज्जास्पद हार ब्योरेको काँग्रसले पोखराबाट पहिलोपार्टी बन्ने सपना देखेको छ। नेपाली कांग्रेसको विधान संशोधनमा राय लिन पोखरामा प्रदेशस्तरीय भेला भएको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठिन विधान संशोधन समितिले मंगलबार पोखरामा भेला गरेर सुझाव लिएको हो ।
भेलालाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री सशांक कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब भने समर्थक बढेकाले जुर्मुराउने बताएका छन् । ‘कांग्रेसलाई यसपालीको चुनाव दुदर्शा सावित भयो तर पछिल्लो समय समर्थकहरु फेरि बढ्नेक्रम जारी छ,’ महामन्त्री कोइरालाले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन अब बढाउँदै लैजाने हो ।’
अबको ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनले उद्घोष गरे । कोइरालाले विधान संशोधनमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए । कांग्रेसमा बढेको आकर्षणलाई थप ऊर्जा थप्ने गरी कार्यकर्ताको सुझाव चाहिएको कोइरालाको भनाइ थियो ।
‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरतापूर्वक बहन गरेर आउँदो दिनमा कांग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने दायित्व आएको छ,’ कोइरालाले भने । कार्यकर्ताको सुझावलाई महासमितिले छलफल गर्ने उनको भनाइ थियो ।
‘विपी कोइरालाले लेखेको विधान संशोधनको बाटोमा छौं, हामी गम्भीर भएर लाग्नैपर्ने बेला आएको छ,’ कोइरालाले भने, ‘४ वर्षपछि पहिलो पार्टी बनाउन पनि विधान संशोधन आवश्यक छ ।’
merosamaya

Related