• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कलंकी–नागढुंगा सडकखण्डका स्थानीय आन्दोलनमा उत्रिए

  •      /१२ आश्विन २०७५, शुक्रबार ०९:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । । कलंकी–नागढुंगा सडक खण्डका स्थानीय बासिन्दाहरुले यथाशीघ्र चाँडो सडक मर्मत गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण अहिले उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा सैयौं सवारीसाधन बीचबाटोमै रोकिएर बसेका छन् ।

    ढुंगे अड्डाका स्थानीयले सडक अवरुद्ध गरेपछि सतुंगल क्षेत्रमा पनि आन्दोलन शुरू भएको छ । कलंकी ट्राफिक पोष्टका इन्सपेक्टर बिमल थापाले एक घण्टादेखि सडक अवरुद्ध रहेको र स्थानीय बासिन्दासँग वार्ताको प्रयास भइरहेको जानकारी दिए ।

    हाल उक्त क्षेत्रमा सडक समयमै मर्मत नहुँदा सवारी जाम हुनुका साथै स्थानीयवासीले सडकबाट निस्कने धूवाँ धूलो तथा प्रदूषणकै कारण आन्दोलनमा उत्रिनु परेको बताएका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच गर्ने भने पनि हालसम्म पिच हुन सकेको छैन ।

    केही समयअगाडिको मन्त्रीपरिषद् बैंठकले पनि यी दुई सडकमा यथास्थितिमा नै पिच गर्न निर्देशन दिएको थियो । उक्त सडक खण्डका बासिन्दाले विगत ३ वर्षदेखि धुँवा, धूलो, प्रदूषणसहितको सास्ती खेपिरहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.