पुम्दीभुम्दीकी श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार
तपाईको प्रतिक्रिया





पोखरा ।पोखरामा एउटा घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो । असोज ६ गते नुहाउन जाऔं भनेर झरनामा लगेर बलात्कार गरेको बालिकाले बताएकी छिन् ।
किशोरले बालिकालाई नुहाउन जाऔं भनेपछि बालिकालाई आमाले नजाउ भन्दै थिईन् तर बालिका मानिनन् । नुहाउन गएपछि किशोरले झाडितिर लगेर जबरजस्ती गरेको थियो।
बालिका रुन थालेपछि बाटोमा फर्किँदा किशोरले फकाउन मिठाई दिए । बालिका घरफर्केपछिपनि कसैलाई भनिन्। । बालिका घर फर्केदेखि नै अलि असहज ब्यवहार देखाउन थालिन् । राती सुत्नेबेलामा पनि बढी चलमलाउन थालेपछि बाबु आमाले निकै कर गरेर सोधे ।
दुईदिनपछि मात्रै उनले किशोरले गरेको हर्कतबारे बताईन् । त्यसपछि बालिकाको परिवारले चेकजाँचका लागि डाक्टरलाई देखाए । डाक्टरले पनि बलात्कार भएको प्रमाणित गरिसकेका छन् । अनि घरमा फर्केर किशोरलाई केरकार गरे । सुरुमा स्विकार गरेनन् । तर फकाएर धेरै पटक सोधेपछि ति किशोरले पनि आफुले गल्ती गरेको स्विकारेका छन् ।
प्रहरीले आफै थाहा पायो । घटना प्रहरीले अनुसन्धान गरिरहेको छ । २ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेपछि प्रहरीले किशोरलाई नियन्त्रणमा लिईसकेको छ । ‘परिवारले भनेपछि हामीले किशोरलाई नियन्त्रणमा लिएका छौं कास्की प्रहरीप्रमुख ओमरानाले भने।
सोधपुछ गर्दा स्विकार पनि गरिसकेको छ । किटानी जाहेरी लिएर अनुसन्धान थालेका छौं, कास्की प्रहरी प्रमुख ओम रानाले भने–यसलाई बलात्कार भन्दा पनि यौन दुब्र्यबहार भएको मानिन्छ । सोही अनुसार कारबाही हुन्छ । प्रहरीले पनि रिपोर्ट तयार गरिरहेको छ ।’ घटना गम्भीर भएकोले अनुसन्धान पनि सोही अनुसार भैरहेको रानाले बताए ।
Related