• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री गुरुङद्धारा चीनको हाइनान प्रान्तका गभर्नरसंग गण्डकी प्रदेशको बिकास र समृद्धीमा सघाउन गरे आग्रह

  •      /१३ आश्विन २०७५, शनिबार ०५:५७ ,  प्रकाशीत
  • पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणको तेस्रो दिन शुक्रबार चीनकै ठूलो आर्थिक क्षेत्र, पशु प्रजनन केन्द्र, तरकारी तथा फलफूल चिस्यान केन्द्र, गुणस्तर निर्धारण केन्द्रको प्रयोगशाला लगायतको अवलोकन गरेका छन्।

    चीनको आर्थिक क्षेत्रको अवलोकनपछि लाउ निउ शानका उद्योगपति जिनछियोङ झोङ, स्थानीय कुखुरा उत्पादनका निर्देशक वेनचाङ, लगायतका टिमसित छलफल र अन्तरक्रियासमेत गरिएको छ। सो अवसरमा चिनियाँ उद्योगीहरूले गण्डकी प्रदेशमा लगानी ल्याउन आफूहरू इच्छुक रहेको बताएका थिए। मुख्यमन्त्री गुरुङ शुक्रबार नै चीनको ६९ स्थापना दिवसमा आयोजित विशेष समारोहमा पनि विशिष्ट अतिथीका रूपमा उपस्थित भएका थिए।

    उक्त कार्यक्रम हाइनान प्रान्तका गभर्नर डा. जिओमेन शानले आयोजना गरेका थिए। यसअघि मुख्यमन्त्री गुरुङले चीनको हाइनान प्रान्तका गभर्नर जिआमेन सिनसँग भेटवार्ता गरेका थिए। भेटमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे छलफल भएको छ। मुख्यमन्त्री गुरुङले हाइनानका गभर्नरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

    गण्डकी प्रदेशको नीति र योजना अनुरुप प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रमा लगानी गर्न र दुई पक्षीय सहयोग गर्न हाइनान प्रान्तका गभर्नर सकारात्मक रहेको पाइएको मुख्यमन्त्रीको भ्रमण दलका एक सदस्य मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले जानकारी दिए। उनले भने, ‘यही वर्षभित्र पोखरामा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन हाइनानका लगानीकर्तालाई हाम्रा मुख्यमन्त्रीज्यूले आह्वान गर्नुभएको छ।’

    गण्डकी प्रदेश पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्टमध्येको गन्तव्य रहेको र लगानी गर्ने वातावरण अनुकूल भएकाले अवसरको फाइदा उठाउन मुख्यमन्त्रीले लगानीकर्तालाई आह्वान गरेको घिमिरेले जनाए। घिमिरेकै अनुसार हाइनानका गभर्नरले गण्डकी प्रदेशको प्राथमिक क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका छन्।

    मुख्यमन्त्री गुरुङ नेतृत्व टोलीले हाइनान कलेज अफ भोकेसन एन्ड टेक्निकका निर्देशक डा. उ जिआउइ लगायतसँग समेत भेटी गण्डकीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि पूर्वाधार, विकास, ल्याब, शिक्षक तालिम, पाठ्यक्रम लगायत विषयमा छलफल गरेको छ। हाइनानको सोही कलेजमा पढिरहेका नेपाली विद्यार्थीसँग पनि मुख्यमन्त्रीले भेटघाट गरेका छन्।

    मुख्यमन्त्री गुरुङ मंगलबारदेखि साताव्यापी चीन भ्रमणमा छन्। हाइनान प्रान्त चीनका व्यापारी र व्यवसायी तथा चाइना काउन्सिल फर प्रोमोटिङ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) का सदस्यसँग नेपाली भ्रमण दलले व्यापार, व्यवसायका विभिन्न पक्षबारे छलफल गरेको मुख्य न्यायाधिवक्ता घिमिरेले जानकारी दिए।

    उनले भने, ‘हाइनानको पर्यटन, नागरिक उड्डयन, जलस्रोत, ऊर्जा, सौर्यऊर्जा र औषधि व्यवसायीका प्रतिनिधि मण्डलसँग ११ गते शुक्रबार भेटवार्ता भयो।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.