लेखनाथ । पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३० औं हप्ताको वृहत वेगनासताल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वृहत वेगनासतालको वृहत सरसफाई अभियानको ३० औं हप्ताको कार्यक्रममा वेगनासतालको ड्याम साइड तथा नहरमा राखिएका डस्ट्विनहरुमा जम्मा भएको फोहोर मैला जम्मा गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष एव्म सरसफाइ अभियन्ता राम बहादुर रानाभाटले जानकारी दिए ।
कार्यक्रममा क्लवका अध्यक्ष तथा अभियानका अभियन्ता राम बहादुर रानाभाटले ३० औं हप्ता सम्म आइपुग्दा पनि स्थानिय जनताको सोचमा अझै परिवर्तन नआएको गुनासो गर्दैै सरसफाइ अभियान निरन्तर रुपमा सन्चालन हुने बताए ।
त्यस्तै गरी वडा अध्यक्ष कमल बहादुर थापाले वेगनास युवा क्लबले शुरु गरेको वृहत सरसफाइ अभियानलाइ वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी हप्ताबाट वेगनासतालमा देखिएको जलकुम्भि नयाँ प्रविधि मेशिनबाट सफाइ गरी वेगनासतालमा भएको जलकुम्भिलाइ निमिट्यान्न पार्ने बताए ।
कार्यक्रममा ३१ वडाका वडा अध्यक्ष कमल बहादुर थापा, जनता बहुउद्धेशिय सहकारी संस्था , लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियन, वेगनासताल टोल विकास संस्था, डाँडाको नाक प्रहरी कार्यालय, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव,लगाएतका विभिन्न सामाजि संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

Related