• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नक्कली डाक्टर प्रहरी फन्दामा

  •      /१३ आश्विन २०७५, शनिबार १५:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। जनकपुरधाम-धनुषाबाट प्रहरीले एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । अध्ययन नै नगरी सर्वसाधारणसँग ठगी गर्दै आएका नक्कली डाक्टरलाई प्रहरीले धनुषाको शहीदनगर नगरपालिकाबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनुषाको नगराईन नगरपालिका-५ खिरखिरीया बस्ने २५ वर्षीय अक्षयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चिकित्सासम्बन्धी कुनै अध्ययन नै नगरी क्लिनिक खोलेर सर्वसाधारणको उपचार गर्दै आइरहेको सूचनाको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    साहले शहीदनगरपालिका-३ मा जानकी हेल्थ केयर एण्ड गेठिया बाथरोग सेन्टरको नाउँमा क्लिनिक सञ्चालन गरेर उपचारको बहानामा सर्वसाधारणसँग ठगी गर्दै आइरहेका थिए। कुनै शिक्षा हासिल नगरेपनि उनले डा.एके साहको नाउँमा प्याड बनाएका छन् ।

    साथै प्याडमा साहले आफ्नो शिक्षा बीएएमएस (दरभंगा) एचए. (जनकपुर), जेनेर फिजिसियन र सर्जन उल्लेख गरेका छन् । पक्राउ परेका साह उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.