पर्वतमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीको नियन्त्रणमा
/१४ आश्विन २०७५, आईतवार ०५:३९ , प्रकाशीत
पर्वत : फलेवास नगरपालिका–११ पाङराङको स्युरासमा दाहसंस्कारको तयारी गरिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ। ३७ वर्षीया सीता पाठक शुक्रबार साँझ घरभन्दा केही तल बारीको डिलबाट खस्दा घाइते भएकी थिइन्। गम्भीर घाइते सीतालाई राति स्थानीय वैद्यकहाँ लगिएको थियो।
शनिबार बिहान उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्थानीय तुलबहादुर पाठकले जानकारी दिए।घरमै फर्काएर दाहसंस्कारको तयारी गरिएका वेला माइती पक्षले भने सीताको मृत्यु शंकास्पद भन्दै प्रहरीलाई खबर गरेका थिए। शवको प्रकृति हेर्दा चिथोरिएको जस्तो देखिएकाले माइती पक्षले शवको पोष्टमार्टम गर्न अाग्रह गर्दै प्रहरीमा खबर गरेका थिए।
सीताको शवलाई शनिबार राति सदरमुकाम कुश्मास्थित जिल्ला अस्पतालमा ल्याइएको रआइतबार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीका छ।
स्थानीय बासिन्दाका अनुसार सीताका श्रीमान् गोकुल रोजगारीको सिलसिलामा विदेशमा छन्। एक छोरा कुश्मामा वेदवेदाङ्ग संस्कृत पाठशालामा अध्ययन गरिरहेका छन्। उनी दुई छोरीसँग बस्दै अाएकी थिइन्।

Related