फेसबुकमा लाइभ देखाउँदै चितवनका २६ वर्षीय युवकले गरे आत्महत्या
/१५ आश्विन २०७५, सोमबार ११:५२ , प्रकाशीत
काठमाडौँ : चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन्।
राति साढे नौ बजे आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेदेखि बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका थिए। मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए। फोन गरिएका पनि थिए। फेसबुकमा रिपोर्ट पनि भएका थिए। तर सबैको प्रयास व्यर्थ भयो।
बिहान करिब १ बजेतिर बुबा जीवन तामाङले छोराको कोठामा गएर हेर्दा निश्चल झुन्डिएको अवस्थामा फेला पारे।
बुवा जीवनले पहिलोपोस्टसँगको कुराकानीमा भने, ‘म निद्रामा थिएँ। मोबाइलमा धेरै कल आएछ थाहा पाइनँ। तर करिब १ बजेतिर उसको साथीले छोराको कोठामा गएर हेर्नु त अंकल भनेर कराएपछि मात्र थाहा पाएँ। कोठा गएर हेर्दा झुन्डिएको अवस्थामा देखेँ।’
बुवा जीवनका अनुसार निश्चल लागू औषध खान्थे। तीन महिना अगाडि सानिमाले उनलाई काठमाडौँको सुधार केन्द्रमा लगेर राखेकी थिइन्। भन्छन्, ‘सुधार केन्द्रबाट फर्किएपछि केही ठीक भएको थियो। १५ दिन अगाडि मात्र फेरि काठमाडौँ गएको थियो। फर्केर आउँदा उस्तै भएछ।’
चार-पाँच दिनदेखि छोरा कोठामा एक्लै बस्ने र बाहिरसमेत ननिस्कने गरेको उनले सुनाए।
आइतबार राति निश्चलको कोठाबाट गुनगुन आवाज आइरहेको उनले पनि सुनेका थिए। घरमा बुवाआमा, काकाकाकी, हजुरबा आफ्नै धुन र निन्द्रामा मस्त थिए। बाबुले निश्चलको अङ्ग्रेजी बोली सुने तर बुझेनन्। उनलाई लाग्यो कोही साथीभाइसँग कुराकानी गरिरहेको छ।
खासमा उनी फेसबुकमा लाइभ गर्दै थिए।
‘उसको एक जना विदेशी साथी थियो। घरमा पनि एक पटक आएको थियो। ऊसँग बोल्दा अङ्ग्रेजीमा नै बोल्थ्यो। साथीसँग नै बोल्दै होला भन्ने लाग्यो,’ बुवा जीवनले भने।
छोराले आत्महत्या गरेको देखेपछि कोठामा पुगेका बुबाले तत्काल प्रहरीलाई फोन गरेका थिए। जुटपानीमा रहेको प्रहरी चौकीबाट सईको कमान्ड टोली घटनास्थल पुगेको थियो। चौकीका सई शम्भु चौधरी प्रहरी पुग्दा निश्चलले आत्महत्या गरिरसकेको बताउँछन्।
सई चौधरीले भने,’ मोबाइलबाट फेसबुक लाइभ गरी आत्महत्या गरेका रहेछन्।’ प्रहरी पुग्दा कोठामा फोन र रक्सीको बोतलसमेत थियो।
यसरी लाइभ भयो आत्महत्या
आइतबार राति साढे नौ बजे उनले फेसबुकमा अङ्ग्रेजीमा लेखे, ‘धेरै गम्भीर कुरा हुँदैछ। म राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस्।‘ त्यो सांकेतिक स्टायटसमा कसैको कमेन्ट थिएन।
राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ?’ यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु थिए।
आत्महत्याको संकेत गर्ने स्टायटस लेखेलगत्तै उनले थप तीन वटा स्टायटस लेखे-
समय : १२ बजे,
प्रतीक्षा गर्नुस्
लाइभ रेकर्ड गर्न तपाईँहरु नबिर्सनुस् है।
राति ११ बजेर ४७ मिनेटमा उनी लाइभमा आउँछन्। ह्विस्की खाँदै उनी लाइभमा बोलिरहन्छन्। लाइभ भिडियो काटिन्छ।
मध्यरात १२ बजेर १३ मिनेटमा उनी लाइभमा आउँछन्। मेरी आमाको यो स्कार्फले झुण्डिएर मर्छु भन्दै देखाउँछन्। डेढ मिनेटजति पछि फेरि लाइभ काटिन्छ।
लाइभ हेरिरहेकाहरुले गरेको कमेन्टमा जवाफ फर्काउँदै उनी भन्छन्, ‘मेरो समस्या तपाईँहरुले सोचे जस्तो छैन। मर्नु नै मेरो समाधान हो। मेरो मम्मी सुतिसक्नुभएकोले यो निर्णय गर्दैछु।
भिडियो लाइभ भइरहँदा कोही आएको जस्तो देखिन्छ। निश्चलको जवाफ हुन्छ, ‘तपाईँ आरामले सुत्नु दुई घण्टाइपछि तपाईँलाई कहिले पनि डिस्टर्ब हुने छैन।‘
राति १२ बजेर २२ मिनेटमा उनी लाइभमा आउँछन् र झण्डै १७ मिनेट कुरा गर्छन्। लाइभ काटिन्छ। त्यसलगत्तै फेरि लाइभमा आउँछन्। लाइभमा देखाएरै उनी टेबलमा चढ्छन् र स्कार्फको पासो आफ्नो घाँटीमा लगाउँछन्। अनि झुण्डिन्छन्। लगत्तै लाइभ भिडियो काटिन्छ।
झुण्डिँदा झुण्डिँदै भिडियो काटिएकाले कसैले ठट्टा पो गरेको हो कि भनेर शंका पनि केहीले गरे। कसैले लाइभ भइरहँदा कति खेर गर्ने हो, सुत्न ढिला भइसक्यो भनेरसमेत जिस्क्याएका थिए। तर यो ठट्टा थिएन।
फेसबुकले झुण्डिएको अन्तिम भिडियो भने उनको प्रोफाइलबाट हटाइसकेको छ।

sorce pahilopost.com
Related