• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल ६ महिनापछि संचालनमा आउदैं

  •      /१६ आश्विन २०७५, मंगलवार ०६:१३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवको ६ महिनाभित्र संचालनमा आउने बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक सरोकार समितिमा बोल्दै अधिकारीले अहिले निर्माण भइरहेको उक्त धावनमार्ग ६ महिनाभित्र संचालन हुने जानकारी दिए।
    धावनमार्ग बनेपछि अहिले भइरहेका आन्तरिक उडानका जहाज नयाँ धावनमार्गबाट उडान तथा अवतरण गराउने सरकारको तयारी रहेको छ।धावनमार्गमा कालोपत्रे गर्नमात्र बाँकी रहेपनि विमानस्थलमा आवस्यक पर्ने ट्राफिक, संचारसँग सम्बन्धित साधन जडान गर्नको लागि भर्खर टेन्डर भएकोले ढिला हुने भएको छ।

    विमानस्थलको सिभिल वक्र्सको काम असारसम्म सकिएपनि बाँकी कामको टेन्डर भर्खर प्रकाशित हुँदा व्यवासायिक उडान ढिला हुने भएको छ।२०७६ को जेठसम्मको समयसीमा पाएको चिनियाँ ठेकेदार कम्पनीले धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, धावनमार्गमा लाइटिङ सिस्टम बनाउनु पर्नेछ। उसले त्यहाँको भौतिक काम तोकिएको समयमा गरिसक्ने बताएको छ।

    विमानस्थलमा उडान तथा अवतरणका लागि आवश्यक सञ्चार, सर्भि, नेभिगेशन तथा एयर ट्राफिक इक्यूपमेन्ट जडानको खरिद प्रक्रिया ढिला गरी सुरु हुँदा सरकारको योजना पुरा नहुने भएको छ।

    टेन्डर निकालेको ९० दिन अर्थात् ३ महिनाको सुचना अवधि हुन्छ, त्यस्तै मूल्यांकनको लागि एक महिना रहन्छ। टेन्डर अवार्ड गर्दासम्म पाँच महिनाको समय लाग्छ। असोजमा टेन्डर आह्वान भएकोमा माघमा टेण्डर अवार्ड हुन्छ। त्यसपछि आवश्यक इक्यूपमेन्टको निर्माण तथा तयारीको लागि कम्तीमा ४ महिना लाग्ने अधिकारीहरूको भनाइ छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.